सुर्खेत विमानस्थल २५ दिन बन्द हुने

सुर्खेत विमानस्थल २५ दिन बन्द हुने

केन्द्रबिन्दु
0
Shares

सुर्खेत विमानस्थल २५ दिन बन्द हुने भएको छ । धावनमार्ग मर्मत सम्भार गर्नका लागि विमानस्थल २५ दिनका लागि बन्द हुन लागेको हो ।

धावनमार्ग मर्मत सम्भार गर्नु पर्ने भएकाले १० मंसिरदेखि ५ पुससम्म विमानस्थल बन्द हुने नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ । विमानस्थलको धावनमार्गमा ओभरले गर्नुपर्ने भएका कारणले नियमित उडान बन्द हुने प्राधिकरणका इन्जिनियर मुरारी भण्डारीले बताए । ‘विमानस्थल मर्मत सम्भार २५ दिनमा सक्ने योजना बनाएका छौँ ।’ उनले भने,‘त्यो अवधिमा नियमित उडान बन्द हुन्छन् ।’

विमानस्थल मर्मत सम्भारका लागि बन्द हुने भएपछि  बुद्ध एयरले नेपालगन्जमा थप उडान गर्ने जनाएको छ । सुर्खेत विमानस्थल धावनमार्ग  मर्मत सम्भार कार्य अवधिभर सुर्खेतका सम्पूर्ण उडान बन्द रहने र हवाई यात्रा थप सहजताका लागि नेपालगन्जको लागि थप एक उडानसहित दैनिक ६ उडान गर्ने बुद्ध एयरले जानकारी दिएको छ ।

Skip This
Skip This
Logo