चांगन अटोले नेपाली बजारमा आफ्नो प्रिमियम सेडान ‘एल्सभीन’ सार्वजनिक गरेको छ। एल्सभीनको पप–अप शोरुम, सोल्टी क्राउन प्लाजामा छ। चांगनले यस गाडीको मूल्य ४२ लाख तोकेको छ।
एमएडब्लु वृद्धि मोटोकर्पले यो गाडी नेपाली बजारमा उपलब्ध गराएको हो। एमएडब्लुका अध्यक्ष विष्णु अग्रवालले यस सम्बन्धी विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘एल्सभीनमा पाइने भविष्य उन्मुख डिजाइन र प्रविधिले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्डहरू स्थापित गर्न सक्नेछ। चांगन यो सम्भावना भएको एक उत्कृष्ट ब्रान्ड हो। हामीले हाम्रा ग्राहकहरूलाई सबैभन्दा राम्रो बिक्री र बिक्री पछिको सेवा पूर्वाधार दिनेछौं र ग्राहकको आनन्द र अनुभवमा सबैभन्दा बढी ध्यान केन्द्रित गर्नेछौं। ’
यस्तै चांगन इन्टरनेसनलका उपमहाप्रबन्धक डेङले पनि विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी हाम्रा पुरस्कार विजेता उत्पादनहरूका साथ ग्राहकहरूको महत्वाकांक्षी मूल्यलाई पूरा गर्न अत्यन्तै केन्द्रित र उत्प्रेरित छौं। एल्सभीन नेपालको पहिलो चांगन गाडी हुनेछ। हामी दृढ विश्वास गर्छौं कि एल्सभीनले बिलक्षण परिणामहरू प्रदान गर्नेछ। चांगन नेपालको टिमलाई सफलताको शुभकामना।’
एल्सभीन १.४ लिटर ब्लुकोर इन्जिन, ६–स्पिड म्यानुअल ट्रान्समिसन र १३७० सीसीको इन्जिनसँग सुसज्जित छ। ब्लुकोर इन्जिनले ९९ बीएचपी पावर र १३५ एनएम टर्क उत्पादन गर्छ जसले अधिकतम कार्यसम्पादन र इन्धनको इकोनोमी प्रदान गर्दछ।
यो गाडी २५३५ एमएमको ह्वीलबेससहित आउँछ र १६५ एमएमको ग्राउन्ड क्लियरेन्स प्रदान गर्दछ। एल्सभीनमा ४ सिलिन्डरहरू छन् र ३९० लिटरको बुट स्पेस प्रदान गर्दछ। एल्सभीनको ७ इन्च इन्फोटेनमेन्ट टचस्क्रिनले अरुहरु भन्दा फरक सुविधा प्रधान गर्दछ। उपभोक्ताहरूले मल्टिमिडियामा सजिलो पहुँच पाउनेछन् र उनीहरुले आफ्नो औंलाको टुप्पोबाट गाडी नियन्त्रणमा राख्न सक्नेछन्।





























प्रतिक्रिया