एभरेष्ट बैंककाे साधारणसभा पुस १ गते

एभरेष्ट बैंककाे साधारणसभा पुस १ गते

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट बैंक लिमिटेडले १ पुषमा २७औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा बिहान १० बजे साधारण सभा आह्वान गरेको हो।

सभा भर्चुअल माध्यम अर्थात् जुममार्फत आयोजना हुनेछ। सहभागी हुने सेयरधनीलाई मिटिङ आईडी र पासवर्डको व्यवस्था गरिएको बैंकले जनाएको छ। सभामा हाल कायम चुक्ता पुँजीको ६ प्रतिशतका दरले बोनस सेयर र सोमा लाग्ने करसहित गरी चार दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ। बैंकको प्रवन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका एजेण्डा छन्।

बैंकले सभा प्रयोजनका लागि १७ मंसिरमा बुकक्लोज गर्ने भएको छ। यसर्थ, १६ मंसिरसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Skip This
Skip This
Logo