बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ १० मंसिरमा  बुक क्लोज गर्दैछ। 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित २९ मंसिरको बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा २७औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सभामा भर्चुअल तथा भौतिक उपस्थिति माध्यमबाट समेत सहभागिता जनाउन सकिनेछ।

सभामा हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र करसहित चार प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ। त्यसैगरी, प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा छन्।

Skip This
Skip This
Logo