महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

केन्द्रबिन्दु
0
Shares

महिला लघुवित्त वित्तीय संस्थाको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ। लघुवित्तले प्रतावित लाभांश पारित गर्न तथा साधरणसभा प्रयोजनार्थ १६ मंसिरदेखि बुकक्लोज गर्ने भएको छ। यसअनुसार बुधबारसम्म कायम शेयरधनीले लघुवित्तले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन्। 

लघुवित्तले २२ मंसिरमा चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा बिहान हिमालय दृश्य रिसोर्ट धुलिखेल काभ्रेमा १०ः३० बजेबाट सुरू हुनेछ। सभामा लघुवित्तले प्रस्ताव गरेको ४७ दशमलव पाँच प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करसहित दुई दशमलव पाँच प्रतिशत नगद लाभांश प्रस्ताव पारित हुनेछ।

प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ। त्यस्तै, सभामा अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका एजेण्डा छन्।

Skip This
Skip This
Logo