यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ९६ पैसा र बिक्री दर १२० रुपैयाँ ५६ पैसा कायम गरेको छ। 

युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ३० पैसा र बिक्री दर १३६ रुपैयाँ ९८ पैसा छ।

युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ३१ पैसा र बिक्री दर १६१ रुपैयाँ ११ पैसा कायम छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ६५ पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४७ पैसा र बिक्री दर ८५ रुपैयाँ ९० पैसा छ। आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ २८ पैसा रहेकाे छ। 

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र बिक्री दर १० रुपैयाँ ६८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा रहेकाे राष्ट्र बैंकले जनाएको छ। 

आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ९८ पैसा र बिक्री दर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ९४ पैसा र बिक्री दर ३३ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६९ पैसा रहेको छ।

Skip This
Skip This
Logo