सपोर्ट लघुवित्तले १० पुसमा बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेण्डा

सपोर्ट लघुवित्तले १० पुसमा बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेण्डा

केन्द्रबिन्दु
0
Shares

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १० पुसमा सातौँ साधारणसभा बोलाएको छ। लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो।  

सभामा हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव  ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ।

लघुवित्तले सभा तथा लाभांश वितरण प्रयोजनका लागि १ पुसमा बुकक्लोज गर्ने भएको छ। यसर्थ, २९ मंसिरसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

Skip This
Skip This
Logo