नेपाल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

नेपाल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

केन्द्रबिन्दु
0
Shares

नेपाल बैंकको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ। 

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले २१ मंसिरमा बुक क्लोज गर्ने भएको छ। नेप्सेमा सोमबारसम्म कायम रहेका सेयर धनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन्। 

बैंकले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश पारित गर्न २ पुसमा साधारणसभा आह्वान गरेको छ। 

आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने साधारणसभाकाे एजेण्डा छ।

Skip This
Skip This
Logo