यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ४१ पैसा र बिक्री दर १२१ रुपैयाँ एक पैसा कायम गरेको छ। 

युरोपियन यूरो  एकको खरिद दर १३५ रुपैयाँ ७४ पैसा र बिक्री दर १३६ रुपैयाँ ४२ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ७४ पैसा र बिक्री दर १६० रुपैयाँ ५४ पैसा रहेको छ। यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ३४ पैसा र बिक्री दर १३० रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४४ पैसा र बिक्री दर ८५ रुपैयाँ ८७ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ २६ पैसा छ। 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५९ पैसा र बिक्री दर १० रुपैयाँ ६५ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९२ पैसा र बिक्री दर १९ रुपैयाँ १ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ। 

यस्तै,  साउदी अरबियन रियाल आज एकको खरिर दर ३२ रुपैयाँ १० पैसा र बिक्री दर ३२ रुपैयाँ २६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ सात पैसा र बिक्री दर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। त्यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५९ पैसा छ।     

Logo