मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३ दशमलव ३० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले प्राप्त गर्न सक्नेछन्।
बैंकले हाल कायम ७९ करोड ७३ लाख ७६ हजार ९३७ रुपैयाँ उक्त लाभांश प्रस्ताव गरेको हो। सेयरधनीलाई १३ दशमलव ३० प्रतिशतका दरले बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ९० करोड ३४ लाख २८ हजार ७० रुपैयाँ १९ पैसा रहनेछ।































प्रतिक्रिया