आइएमई जनरल इन्स्योरेन्स केन्द्रीय कार्यालय भवनकाे शिलान्यास

आइएमई जनरल इन्स्योरेन्स केन्द्रीय कार्यालय भवनकाे शिलान्यास

केन्द्रबिन्दु
0
Shares

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको का.म.न.पा. वडा नं. ३ पानीपोखरीमा कम्पनीको केन्द्रीय कार्यालय भवनको शुक्रबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट शिलान्यास भएको छ।

शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल लगायत सम्पूर्ण संचालकहरु, संस्थापक शेयरधनीहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिति थियो।

शिलान्यासको शुभसाइतको समयमा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट भवनको जगमा शिला राखेर शुभसाइतमा भवनको शिलान्यास गरे । उक्त शिलान्यास समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बीमा समितिका अध्यक्षलाई संचालक समिति तथा आइजिआई परिवारको तर्फबाट धन्यवाद व्यक्त गरे । श्रेष्ठले कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनको लागि आज शिलान्यास भएको भवन समयमै निर्माण सम्पन्न हुने र उक्त भवन एक नमुना भवन हुने जानकारी गराए।

Skip This
Skip This
Logo