यसपटक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नब निर्वाचित कर्यसमितिमा दुई नयाँ रेकर्ड कायम भएको छ।
नेतृत्वमा पहिलोपटक मोफसलबाट ध्रुव थापा अध्यक्षको रुपमा विजयी भएका छन् । यस्तै कार्यसमिति सदस्यमा यमुना श्रेष्ठले पहिलो महिला सदस्यका रुपमा जित हासिल गर्दै रेकर्ड राखेकी छिन् ।
यसअघिको १९ वटा कार्यसमितिमा कुनै पनि नेतृत्व मोफसलबाट भएको थिएन । त्यसैगरी कार्यसमितिमा समेत कुनैपनि महिला सदस्यबाट उम्मेद्वारी परेको थिएन ।
यसपटक पहिलोपटक उम्मेद्वारी दिएकी यमुना श्रेष्ठले ध्रुव थापाकाे प्यानलबाट चुनाव जितेर नयाँ रेकर्ड कायम गरेकी हुन् ।
हिमालय अर्गनाइजेसनका संस्थापक थापा पोखराबाट उदाएका व्यवसायी हुन्। उनको यो अर्गनाइजेसनले फोर्ड गाडीको आयात गर्नुको साथै पोखरामा फोर्ड गाडीको डिलर समेत सञ्चालन गर्दै आइरहेको छ। उनी सम्बद्ध केही कम्पनीले स्पेयर पार्ट्स, रिकिन्डसन र इलेक्ट्रिक भेइकल समेत आयात गर्छ। नाडामा दुई कार्यकाल उपाध्यक्ष भइसकेका उनी पोखरामा रहेको अटोमोबाइल संघ पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत हुन् ।
नाडाको इतिहासमै पहिलोपटक महिला सदस्यमा विजयी यमुना श्रेष्ठ प्रबन्ध निर्देशक रहेको साइमेक्स इंक प्रालिले नेपालमा चिनियाँ ब्रान्डको बिवाईडी ब्रान्डलाई आयात गरी कारोबार गर्दै आइरहेको छ ।
नाडाको नयाँ कार्यसमितिमा अध्यक्षका अर्का उम्मेद्वार करण चौधरी प्यानलबाट १२ जना र थापा प्यानलबाट अध्यक्षसहित ६ जना निर्वाचित भएका हुन्।





























प्रतिक्रिया