राष्ट्र बैंकले लुघवित्तको ब्याजदरमा लगाएको क्यापले समस्या

राष्ट्र बैंकले लुघवित्तको ब्याजदरमा लगाएको क्यापले समस्या

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगाएको लघुवित्त संस्थाहरुको ब्याजदरमाथिको क्यापले व्यवसायमा समस्या पर्ने सम्बन्धीत सरोकारवालाहरुले बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन) र माइक्रोफाइनान्स एशोसियशन अफ नेपाल(म्यान)ले संयुक्त रुपमा आयोजना गरेको लुघवित्त क्षेत्रका अवसर र चुनौती विषयक वेविनार कार्यक्रममा बोल्दै लघुवित्त क्षेत्रका सरोकारवालाहरुले यस्तो बताएका हुन् । सो कार्यक्रममा बोल्दै अर्थविद् केशव आचार्यले लघुवित्त संस्थाहरुले बढी ब्याज लिएको भन्ने गलत भ्रम सृजना भएको बताए । त्यो भ्रमलाई लगानीकर्ताले चिर्नु पर्ने अर्थविद् आचार्यले बताए ।

लघुवित्तसंस्थाहरुलाई बैंक, सहकारी लगायतका संस्थाहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले यस्तो अवस्था आएको हो । साथै नेपाल राष्ट्र बैंकको नीतिले पनि लघवित्त क्षेत्रमा विकृति ल्याएको उनले बताए । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि लघुवित्त संस्थाहरुले दिने सेवा दिने व्यवस्था गरेकाले पनि लघुवित्त संस्थाहरुको संस्कृति ध्वस्त भएको उनको भनाई थियो ।

त्यसैगरी, लघुवित्त क्षेत्र र अहिलेको अवस्थाबारेमा लघुवित्त विश्लेषक डा.भरत थापाले कार्यपत्र प्रस्तुत गरे । सो कार्यपत्रमा लघुवित्त क्षेत्रले महिलाहरुको आर्थिक उन्नति र सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको बताए । त्यसका साथै धनी र गरिबको खाडललाई कम गर्न समेत महत्वपूर्ण भूमिका रहेको उनले बताए । त्यस्तै, मानव अधिकारको क्षेत्रमा जनचेतना बढाउने , सामाजिक विचार विमर्श लगायतमा महत्वपूर्ण भूमिका खेलेको डा. थापाको भनाइ थियो । त्यस्तै, लघुवित्त क्षेत्रले बालबालिकाहरुको शिक्षा, स्वास्थ्यमा समेत महत्वपूर्ण भूमिका खेलेको डा. थापाको भनाइ छ । यस क्षेत्रले निक्षेप संकलन कर्जा लगानीका साथै ठूलो क्षेत्रलाई रोजगारी दिएको समेत उनले उल्लेख गरे । साथै उनका अनुसार पछिल्लो समय लघुवित्त क्षेत्रले क्यापिटल फण्डका साथै सदस्य पनि बढेको छ ।

त्यस्तै, कोरोना भाइरसका कारण मानिसहरुमा निराशा आएको समेत उनले उल्लेख गरे । पछिल्लो समय डिजिटल कारोबारलाई बढवा दिइएको भए पनि अनलाईन पेमेन्टमा ग्राहकहरु कन्फ्युजन भएको थापा बताउँछन् । कोरोनाको महामारीसँगै लघुवित्त क्षेत्रको व्यवसाय ओरालो लाग्न थालेको भन्दै ग्राहकलाई आकर्षित गर्न धेरै मिहेनत गर्नुपर्ने देखिएको थापाको विश्लेषण छ । मर्जका कारण कर्मचारी व्यवस्थापन पनि चुनौतीपूर्ण भएको छ । ऋण तिर्ने क्षमता हँुदा हँुदै पनि नतिर्नेको संख्या थुप्रै रहेको उनको भनाई छ । नियामक निकाय(नेपाल राष्ट्र बैंक)को आँखामा खाली नाफा मात्रै भएको र नाफा धेरै कमाउँछन् भन्ने भ्रम भएको विश्लेषक थापाले बताए । त्यसैगरी, लघुवित्त क्षेत्रका लागि फिँगो कल्चर पनि चुनौती भएको उनको भनाइ छ ।

तर यस क्षेत्रमा सम्भावना पनि त्यस्तै भएको डा.थापाको भनाइ छ । जसका कारण लघुवित्त क्षेत्रमा प्रशस्त मात्रामा कर्जाको माग बढिरहेको उनले बताए । यसले लघुवित्त क्षेत्रको व्यवसाय वृद्धि गर्न सहयोग गर्ने उनको दाबी थियो । त्यस्तै, उनले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुले नेपालमै बसेर केही गर्नुपर्छ भन्ने मनसायका कारण कर्जाको माग बढेको बताए ।

त्यसैगरी, सो कार्यक्रममा बोल्दै लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्त लम्सालले लघुवित्त संस्थाहरुलाई धेरै प्रकारका चार्जहरु लगाइने गरेकोप्रति गुनासो गरे । लघुवित्त संस्थाहरुलाई ब्याजदर बढी लिएको भन्ने आरोप लाग्ने गरेको भन्दै यस क्षेत्रको लागत नै बढी भएको अध्यक्ष लम्सालले स्पष्ट पारे । विगतका वर्षहरुमा १३/१४ प्रतिशतसम्म ऋण ल्याउने र १८ प्रतिशतमा लगानी गर्दा महँगो भन्ने गरेको भन्दै गुनासो गरे । घरघरमा गएर सेवा दिँदा महँगो हुनु स्वभाविक भएको अध्यक्ष लम्सालको भनाइ छ ।

त्यस्तै, नियामक निकायले समेत नाफा धेरै ग¥यो भनेपछि दुःखी तुल्याएको उनले बताए । वित्तीय क्षेत्रमा पु¥याएको योगदानको कदर नभएको भन्दै उनले चिन्ता व्यक्त गरे । त्यस्तै, कुनै एउटा घटना विशेषलाई लिएर मिडियाले गलत प्रचारप्रसार नगर्न पनि अध्यक्ष लम्सालले अनुरोध गरेका छन् । त्यस्तै, अध्यक्ष लम्सालका अनुसार राष्ट्र बैंकले ल्याएको नीतिले व्यवसाय बढाउन सक्ने व्यवस्था गरेको छ । १५ प्रतिशत ब्याजदरमा क्याप लगाएको छ । त्यसले समस्या निम्त्याउने उनले बताए । प्रोभिजनिङका कारण कसरी काउन्ट गर्ने भन्ने चुनौतीको विषय भएको उनको भनाइ थियो ।

Skip This
Skip This
Logo