सुनको मूल्य तोलामा तीन सयले बढ्यो

सुनको मूल्य तोलामा तीन सयले बढ्यो

केन्द्रबिन्दु
0
Shares

मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार आठ सय रुपैयाँ कायम भएको हो।

तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रति १० ग्राम ७९ हजार एक सय ३० रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २१० रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

Skip This
Skip This
Logo