होन्डाको नयाँ अमेज पुरानोको तुलनामा २ लाख भन्दा बढीले महंगो हुने, कति पर्छ नयाँ मूल्य?

होन्डाको नयाँ अमेज पुरानोको तुलनामा २ लाख भन्दा बढीले महंगो हुने, कति पर्छ नयाँ मूल्य?

केन्द्रबिन्दु
0
Shares

होन्डाको नयाँ अमेज पहिलेको तुलनामा २ लाख भन्दा बढीले महंगो देखिएको छ। नेपाली बजारमा केही दिनअघि मात्र सार्बजनिक गरिएको यो नयाँ कम्प्याक्ट सेडान म्यानुअलमा दुई र सिभिटीमा दुई गरी कुल चार वटा भेरियन्ट उपलब्ध रहेको छ। जसको मूल्य यसअघिको पुरानो मोडलको तुलनामा २ लाख भन्दा बढीले महंगो देखिएको हो।

भिएक्स म्यानुअलको पुरानो मोडललाई ४४ लाख १५ हजारमा बिक्री गर्दै आइरहेको कम्पनीले नयाँ मोडलको भने ४५ लाख ८७ हजार रुपैयाँ निर्धारण गरेको छ। यो भेरियन्टमा मूल्य अन्तर जम्मा १ लाख ७२ हजार रुपैयाँ देखिएको छ। 

सबैभन्दा महंगो भिएक्स सिभिटीमा मूल्य अन्तर समेत धेरै देखिएको छ। यसअघि ४८ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको यसको नयाँ भेरियन्टलाई ५० लाख २९ हजार रुपैयाँ निर्धारण गरिएको छ। यो भेरियन्टमा २ लाख ११ हजार रुपैयाँको मूल्य अन्तर देखिएको छ।

सबैभन्दा सस्तो एस म्यानुअलको मूल्य ४० लाख २३ हजार रुपैयाँ निर्धारण गरिएको छ। कम्पनीले यसअघिको मोडललाई जम्मा ३८ लाख ३० हजार रुपैयाँमा बिक्री गर्दै आइरहेको छ। त्यसैगरी अर्को एस सिभिटीको मूल्य ४५ लाख २ हजार रुपैयाँ निर्धारण गरिएको छ। यो भेरियन्टको मूल्य पुरानोको तुलनामा २ लाख २ हजार रुपैयाँ बढी देखिएको छ। यसअघिको पुरानो मोडललाई कम्पनीले ४३ लाख रुपैयाँमा बिक्री गर्दै आएको हो।

Logo