एनएमबी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

एनएमबि बैंकको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ। बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि ७ पुसमा बुक क्लोज गर्दैछ। यसर्थ, आजसम्म कायम सेयरधनीले यी कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन्।

बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ दशमलव पाँच प्रतिशत बोनस सेयर र करसहित तीन दशमलव तीन प्रतिशत नगद गरी कुल १५ दशमलव आठ प्रतिशत लाभांश वितरण गर्न २२ पुसमा साधारणसभा बोलाएको छ। सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ। 

Logo