सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि वृद्धि

सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि वृद्धि

केन्द्रबिन्दु
0
Shares

साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएकोमा बिहीबार सात सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको हो।

आज छापावाल सुन प्रति १० ग्राम ७९ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ । हिजो बुधबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ८० रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

Skip This
Skip This
Logo