बिहीबार ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। ज्योति विकास बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि शुक्रबार बुक क्लोज गर्दैछ।
९ र १० पुसमा शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ। यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नु पर्नेछ।
ज्योति विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र चार दशमवलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्न २३ पुसमा वार्षिक साधारण सभा आह्वान गरेको छ।
सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ।





























प्रतिक्रिया