लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा

लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा

केन्द्रबिन्दु
0
Shares

नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न ३० पुसमा साधारणसभा बोलाएको छ। बैंकले ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो।

सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ३३ दशमलव ६० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ। साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत पुँजी १० अर्ब पुर्‍याउने लगायतका एजेण्डा छन्।

सभा प्रयोजनका लागि बैंकले १६ पुसमा बुकक्लोज गर्ने भएको छ। यसर्थ, १५ पुससम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

Skip This
Skip This
Logo