साताको समीक्षाः कस्तो रह्यो सुनचाँदी बजार?

साताको समीक्षाः कस्तो रह्यो सुनचाँदी बजार?

केन्द्रबिन्दु
0
Shares

गत हप्ता नेपाली सुनचाँदी बजारमा उतार चढाव भइरह्यो । एक हप्तामा सुनको भाउ समग्रमा ४ सयले घटेको छ । गत शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको थियो । त्यसदिन प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य भने स्थिर रहँदैे प्रतितोला १२६० मा कारोबार भएको थियो।

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको थियो। गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्य कायम भएको हो। आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको थियो।  

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार १०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको हो।

सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको थियो । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ। 

मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो।
मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ।

बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। यस दिन ५ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको हो। बुधबार चाँदीको मूल्य स्थिर छ। चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ।

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। सुनको मूल्य ४ सय र चाँदीको १५ रूपैयाँले घटेको हो।

छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। 

सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ६०० ले उकालो लागेको छ। यस दिन प्रतितोला ९२ हजार ७०० तोकिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार यस दिन तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार २०० थियो। 

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २६० पुगेको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबारका मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार ८१८ डलर आसपास कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo