दुई वित्त कम्पनीको लाभांश बुधवारसम्म सुरक्षित गर्नु पर्ने

दुई वित्त कम्पनीको लाभांश बुधवारसम्म सुरक्षित गर्नु पर्ने

केन्द्रबिन्दु
0
Shares

दुई वटा वित्त कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवारसम्म रहेको छ। श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवारसम्म रहेको हो ।

ती दुबै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने जनाएका छन्। यससँगै पुस २१ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले शेयरधनीलाई गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ।
 उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ। 

यस्तै श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले शेयरधनीलाई गत आवको मुनाफाबाट ७ दशमलव ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ।

Skip This
Skip This
Logo