चालु आर्थिक वर्षको कात्तिकसम्ममा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ४३ लाख नाघेको छ। विभिन्न सरकारी कामका साथै तलबभत्ता भुक्तानीमा लागिसमेत प्यान अनिवार्य गरेपछि प्यान लिने सर्वसाधारण बढ्दै गएका हुन्।
अर्थ मन्त्रालयका अनुसार २०७८ कात्तिकसम्ममा प्यान नम्बर लिनेको संख्या ४३ लाख ४८ हजार नाै सय ३७ पुगेको छ। २०७८ असारसम्ममा प्यान लिनेको संख्या ४० लाख ६३ हजार एक सय ३१ थियो। चालु आवको चार महिनामा प्यान लिने तीन लाखले बढेका छन्।
सरकारले एक हजारभन्दा माथिको भुक्तानीमा प्यान नम्बर अनिवार्य गरेको छ। यसैगरी विभिन्न सरकारी कामका लागिसमेत प्यान अनिवार्य गरेको छ।





























प्रतिक्रिया