एनएमबि बैंकको २६ औं बार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

एनएमबि बैंकको २६ औं बार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

केन्द्रबिन्दु
0
Shares

एनएमबि बैंकको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौंमा २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो। 

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो। सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचारसमेत ब्यक्त गरेका थिए।

उक्त वार्षिक साधारण सभाद्वारा आ.व. २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागिसमेत) पारित गरेको छ। साधारण सभाद्वारा स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी रु. १८ अर्व ३६ करोड पुग्ने जानकारी गराइएको छ। बैंकको २०७८ आषाढसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ। 
 
दि फिनान्सियल टाईम्स, लण्डनद्वारा “Bank of The Year Asia 2021” र “Bank of The Year Nepal 2021 बाट यस बैंकलाई सम्मानित गरेको छ। उक्त अवार्ड शेयरधनी महानुभाबहरुले समय समयमा बैंकलाई दिनु भएको सुझाब एवं सल्लाह मुताबिक भएको परिणामको रुपमा लिँदै सम्पूर्ण महानुभावहरु प्रति बैंकले कृतज्ञता ज्ञापन गरेको छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ गरि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ।  

एनएमबि बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

Skip This
Skip This
Logo