सोमबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

सोमबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८रुपैयाँ ६० पैसा र बिक्री दर ११९ रुपैयाँ २० पैसा कायम गरेको छ। 

युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ ७४ पैसा र बिक्री दर १३५ रुपैयाँ ४२ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ १६पैसा र बिक्री दर १६१ रुपैयाँ ९७ पैसा छ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ०६ पैसा र बिक्री दर १२९रुपैयाँ ७१पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ १४ पैसा र बिक्री दर ८५ रुपैयाँ ५७ पैसा छ।  क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ २६ पैसा छ। 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २६ पैसा र बिक्री दर १० रुपैयाँ ३१ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६० पैसा र बिक्री दर १८ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ६० पैसा र बिक्री दर ३१रुपैयाँ ७६ पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ३८ पैसा र बिक्री दर ३२ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३२ पैसा रहेको छ। कोरियन वन १०० को खरिद दर  ९ रुपैयाँ ९० पैसा र बिक्री दर ९ रुपैयाँ ९५ पैसा कायम भएको छ।
 

Logo