सांग्रिला डेभलपमेन्ट बैंक र आगन्तुक रिसोर्ट प्रा.लि.बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र आगन्तुक रिसोर्ट प्रा.लि.बीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्ट प्रा.लि.बीच एक सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। 

बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा आगन्तुक रिसोर्ट प्रा.लि.ले प्रदान गर्ने सेवाहरुमा बैंकका कर्मचारी र ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी उक्त सहमतिपत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्वप्रसाद जोशी र आगन्तुक रिसोर्ट प्रा.लि.का तर्फबाट उक्त कम्पनीका संचालक संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरे । 

उक्त सम्झौतापत्र अनुसार अब यस बैंकका कर्मचारी तथा ग्राहकहरुले आगन्तुक रिसोर्ट प्रा.लि.बाट प्राप्त हुने सेवा मध्ये खाना तथा पेय पदार्थमा वढीमा १५ प्रतिशत र आवासमा २३ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा खरिद गर्दा बैंकको डेविट कार्ड तथा मोवाइल बैंकिङ्ग वा क्युआर कोर्ड मार्फत सेवा खरिद गरी उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर १०५ शाखा कार्यालयहरु, ३२ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ। 

Skip This
Skip This
Logo