हिमालयन बैंकको २९ औं वार्षिक साधारणसभा सम्पन्न

हिमालयन बैंकको २९ औं वार्षिक साधारणसभा सम्पन्न


हिमालयन बैंक लिमिटेडको उनन्तीसौंं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भयो । कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित नेपाल कानून अनुसार बोलाइएको बैंकको वार्षिक साधारण सभा कोभिड-१९ को बढीरहेको संक्रमणका कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले जारी गरेको स्वस्थ्य सम्बन्धी मापदण्ड र निर्देशनको पालना गर्दै भिडियो कन्फ्रेन्सका माध्यमबाट संचालन गरियो ।

उक्त साधारणसभाले आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रतिवेदनसहित सोहि आ. व.को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २१.३८% बोनस शेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ।

यसका साथै हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडबिचको मर्जर सम्बन्धी विशेष प्रस्ताब भने साधारण सभाले अस्विकृत गरेको छ। उक्त प्रस्तावको सम्बन्धमा प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित शेयरधनीहरु मध्ये पचहत्तर प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था भएकोमा उक्त प्रस्तावको पक्षमा आवश्यक पचहत्तर प्रतिशत मत नपुगेको कारण अस्विकृत भएको छ। उक्त विशेष प्रस्ताव अन्तर्गत मर्जरको पक्षमा ४३.६३%, विपक्षमा ४२.२९% र मत नहाल्नेमा १४.०९५ रहेका थिए।

हाल, बैंकले देशभर ७४ शाखा, ५ विस्तारित काउन्टर, १४८ एटिएम र ५००० भन्दा बढी POS Terminals संख्याबाट सेवा प्रदान गर्दै आएको छ। समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १३.२९ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ४९ अर्ब ३८ करोड १७ लाख पुगेको छ भने कर्जा सापट २३.८३ प्रतिशतले बढ्न गई रु. १ खर्ब ३२ अर्ब ८५ करोड ८४ लाख पुगेको छ।

Logo