जब जुनलालीले कस्मेटिक पसलभन्दा कुखुरा व्यवसायमा भविष्य देखिन्…

जब जुनलालीले कस्मेटिक पसलभन्दा कुखुरा व्यवसायमा भविष्य देखिन्…

केन्द्रबिन्दु
0
Shares

मुगु छाँयानाथ रारा नगरपालिका–२ कि जुनलाली देवकोटा कस्मेटिक पसल छाडेर टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी छन्।

सदरमुकाम गमगढी बजारमा जिल्लाकै पहिलो कस्मेटिक व्यवसाय सञ्चालन गरेको १८ वर्षपछि उनी टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी हुन्। कस्मेटिक व्यवसायबाट भन्दा कुखुरा पालनबाट राम्रो आम्दानी हुने देखिएपछि जुनलाली यसतर्फ लागेकी हुन्। 

अहिलेको उनको दिनचर्या भनेको बिहान उठेदेखि राति अबेरसम्म टर्की, हाँस र कुखुराको रेखदेखमा समय बित्ने गरेको छ। 

छाँयानाथ रारा नगरपालिका–७ टोप्ला रारा जाने मुल गेटमा  रारा आउने जाने पाहुनालाई लक्षित गरि व्यववसाय सञ्चालन गरेको जुनलाली बताउँछिन्। 

मनिषा फ्रेसहाउस सञ्चालनबाट घर खर्च चलाउन, दुई छोराको अध्ययन खर्च जुटाउन समस्या नभएको बताएकी उनको फ्रेस हाउस सञ्चालन गर्न करिब १५ लाखभन्दा बढी रकम पूर्वाधारदेखि अन्य कच्चा पदार्थमा लगानी छ। 

हाल फ्रेस हाउसमा ३०० भन्दा बढी लोकल कुखुरा, ३० वटा हाँस, र ५० वटा टर्की छन्।

पशुपन्छी तथा पशु कार्यालय मुगुबाट टर्की व्यवसायको लागि पाँच लाखको सहयोग गरिएको छ।मुगुमा टर्की हाँस, कालिजको व्यवसायको रुपमा फस्टाउँदै गइरहेको छ। 

Logo