पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलकाे मूल्य अब प्रतिलिटर १४२ रुपैयाँ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलकाे मूल्य अब प्रतिलिटर १४२ रुपैयाँ

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ। 

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ। यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ।

यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको जनाएको छ। ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ। 

यति हुँदासमेत प्रति महिना ४.५ अर्बदेखि ५ अर्ब ऋण लिनु पर्ने बाध्यात्मक अवस्था बनेको निगमले जनाएको छ। 

Logo