सिद्धार्थ इन्स्योरेन्सद्वारा १५.७८ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ इन्स्योरेन्सद्वारा १५.७८ प्रतिशत लाभांश प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

कम्पनीले माघ १८ गते मंगलबार बसेको संचालक समितिको बैंठकमा १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित प्रस्ताव बीमा समितिबाट स्वीकृती पाएपश्चात र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्। 

Logo