कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा फागुन २० गते

कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा फागुन २० गते

केन्द्रबिन्दु
0
Shares

कर्णाली डेभलपमेन्ट बैंकले १७ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको  माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २० गते शुक्रबारका लागि साधारण सभा बोलाएको हो।  

उक्त सभा कल्पतरु होटल नेपालगञ्जमा दिउँसो १ बजे भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २८ गतेदेखि फागुन २० गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ। त्यसैले माघ २७ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

Logo