नेप्सेमा १४.५८ अंकको गिरावट, ८ अर्बको कारोबार

नेप्सेमा १४.५८ अंकको गिरावट, ८ अर्बको कारोबार

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार (आज) शेयर बजार घटेर बन्द भएको छ । 

आज नेप्से परिसूचक १४.५८ अंकले घटेर २ हजार ८७६.७५ बिन्दुमा बन्द भएको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३.२६ अंकले घटेर ५३९.६४ बिन्दुमा पुगेको छ। 

आज २२४ वटा धितोपत्रको १ करोड ५७ लाख ८० हजार कित्ता शेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार रुपैयाँमा खरिद विक्री भएको छ। आज विन नेपाल कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
 
कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको ८२ करोड ७० लाख ३५ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ। 

आज १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

Skip This
Skip This
Logo