नेपालभर इन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबर नेटले काठमाडौँको जोरपाटीमा पनि सह-वितरण सोरुमको शुभारम्भ गरेको छ। माघ १९ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन दीपा कम्प्लेक्स गर्नेछ।
सोरुम उद्घाटन डिशहोमका तर्फबाट नेसनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर उज्ज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थितिमा सम्पन्न भएको डिस मिडिया नेटवर्कले जनाएको छ।
डिस मिडिया नेटवर्कसँग सहकार्य गरि डिसहोमको डीटीएच सेवा ग्राहकहरूमाझ पुर्याउँदै आएको दीपा कम्प्लेक्सले अब डिशहोम फाइबर नेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने जनाएको छ।
१५ सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको दीपा कम्प्लेक्स अब अझ बढी ग्राहकहरू माझ पुग्नका लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने दीपा इम्पेक्सका सञ्चालक सुवास तिमिल्सिनाले जानकारी दिए।































प्रतिक्रिया