एसजे मोटोको एक वर्ष पूरा हुँदा ७ हजारले गरे भ्रमण

एसजे मोटोको एक वर्ष पूरा हुँदा ७ हजारले गरे भ्रमण

केन्द्रबिन्दु
0
Shares

चर्चित अटोमोबाइल व्यवसायी सौरभ ज्योतिले एसजे मोटो शुभारम्भ गरेको एक वर्ष पूरा भएको छ। यस अवधिमा ७ हजारले एसजे मोटोको भ्रमण गरेको उनले बताएका छन्।

एसजे मोटो नेपालमा नयाँ र आकर्षक सुपरबाइकहरुको सोरुम हो। यहाँ ऐतिहासिक सुपरबाइकहरु पनि पाइन्छन्।

एसजे मोटोमा सन् १९६५ देखि यताका ऐतिहासिक मोटरसाइकलहरु ग्यालरीमा राखिएका छन्। जुन, २५ वर्षदेखि कलेक्सन गरिएको हो। ग्यालरीमा होण्डा, एमभी अगस्टा, यामाहा डुकाटी, हार्ले डेभिडसन, सुजुकी, बजाज लगायत थुप्रै चर्चित ब्राण्डहरू प्रदर्शनका लागि राखिएको छ।

बाइकका शौखिन सौरभ ज्योतिले पुराना मोडल र अहिलेको नयाँ मोडलका समेत महंगा बाइकहरु एसजे मोटोमा राखेका छन्। कान्तिपथमा यसको सोरुम छ।

Skip This
Skip This
Logo