नेपाल लाइफ इन्स्योरेन्सद्वारा १४.७३ प्रतिशत लाभांश प्रस्ताव

नेपाल लाइफ इन्स्योरेन्सद्वारा १४.७३ प्रतिशत लाभांश प्रस्ताव


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई १४.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कायम हुन आउने चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँको कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

कम्पनीले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७३ प्रतिशत नगद लाभांश गरेर कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

यो प्रस्ताव बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्। 

Logo