नेप्से १०१.२४ अंकले घट्दा करिब ६ अर्बको कारोबार

नेप्से १०१.२४ अंकले घट्दा करिब ६ अर्बको कारोबार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बिहीबार ११ दशमलव ९६ अंकले घटेर बन्द भएको बजार आइतबार उच्च अंकले घटेर बन्द भएको हो । कारोबारमा आएदेखि नै उच्च अंकले घटेको बजार अन्तिममा १०१ दशमलव २४ अंकले घटेर २ हजार ७०० दशमलव ३२ बिन्दुमा झरेको छ । 

आइतबार २२७ वटा घितोपत्रको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

आइतबार १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ ।  सबैभन्दा बढी हाइड्रोपावर समूहको ५ दशमलव ४७ प्रतिशतले घटेको छ । 

कारोबार रकमको आधारमा अप्पर तामाकोशीको ३२ करोड ८४ लाख ८ हजार ९४४ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

Logo