जल्पा लघुवित्तको आईपिओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् नतिजा

जल्पा लघुवित्तको आईपिओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् नतिजा

केन्द्रबिन्दु
0
Shares

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको आईपिओ आइतबार साँझ बाँडफाँड सम्पन्न भएको छ ।

कम्पनीको आइपिओ निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले केही समय अघि आईपिओ बाँडफाँड सम्पन्न भएको जानकारी दिएको छ ।

कम्पनीको आईपिओ ४८ हजार ७९० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले हात पार्न सफल भएका छन् । बाँकी २६ लाख बढीको हात खाली भएको छ । कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि ४ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणलाई निष्कासन तथा विक्री खुला गरेको थियो ।

नतिजा केही समय पछि https://iporesult.cdsc.com.np  बाट हेर्न सकिने विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जानकारी  दिएकाे छ ।

Logo