इमर्जिङ नेपाल लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँट भएको छ। कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म जारी गरेको एक सय रुपैयाँ अंकित ५ लाख ५५ हजार ६ सय कित्ता सेयर आज बाँडफाँट भएको हो ।
जसमध्ये ५१ हजार ६३८ जनाले कम्पनीको सेयर हात पारेका छन् । गोलाप्रथाबाट भएको बाँडफाँटमा ५१ हजार ६३० जनाले प्रतिव्यक्ति १० कित्ताका दरले र ८ जना भाग्यशाली आवेदकहरुले ११/११ कित्ता हात पारेको कम्पनीले जनाएको छ।
कुल २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए। जसमध्ये, २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको थियो। बाँकी योग्य लगानीकर्ताहरुलाई गोलाप्रथामा सामेल गराइएको थियो ।
जस मध्येबाट ५१ हजार ६३८ जनाले कम्पनीको सेयर हात पार्न सफल भएका हुन् । बाँकी २२ लाख ७७ हजार २८ जनाको हात खाली भएको छ।





























प्रतिक्रिया