एनआईसी एशियाकाे ‘सर्वश्रेष्ठ बचत खाता’: खाता एक फाइदा अनेक

एनआईसी एशियाकाे ‘सर्वश्रेष्ठ बचत खाता’: खाता एक फाइदा अनेक

केन्द्रबिन्दु
0
Shares

बैंकमा खाता खोलेर ब्याजको एकोहोरो फाइदा लिने मात्रै होइन अब चौतर्फी फाइदा लिने मौका जुरेको छ । बैंकले ल्याएका योजना बुझेर रकम जम्मा गर्दा ग्राहकलाई फाइदाको ओइरो लाग्ने भएको छ ।  यस्तो अवसर एनआईसी एशिया बैंकले भर्खरै सार्वजनिक गरेको हो ।

बैंकमा रकम जम्मा गरेबापत ब्याज आम्दानी हुनु स्वाभाविक हो । तर खाता खोलेपछि अब एन आईसी एशिया बैंकले खातावालाका अलावा निजले मनोनीत परिवारकै सदस्य वा अन्य मनोनीत व्यक्तिहरूको समेत आर्थिक सुरक्षाको सुनिश्चितता (ग्यारेन्टी) दिने भएको छ । किनभने बैंकले अब ‘सर्वश्रेष्ठ बचत खाता’को एम्बेसडर श्रेणीका ग्राहकलाई पाँच वर्षसम्म रु.८४ लाखसम्मको बीमा तथा ग्राहक सेवाहरू निःशुल्क उपलब्ध गर्न थालेको छ । यो अहिलेसम्म बैंकिङ क्षेत्रमै आकर्षक योजना भएको बैंकको दाबी छ । पछिल्लो समय बैंकले बीमा बापतको रकम र अवधिको आकार क्रमशः बढाउँदै आएको छ । यसअघि सो खाताहरूमा पाइने फाइदाहरूलाई व्यापक रूपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा फाइदालाई ५ वर्ष अवधिको लागि प्रदान गरेको हो । यस्तो बचत खातामा यसअघि २१ लाखसम्मको सर्वश्रेष्ठ बीमा प्रदान गरेको थियो । 

बैंकले उत्तरदायी बैंकिङको अभ्यास गर्दै २०७५ चैत्र २० गतेदेखि खातावालालाई बचतसँगै बिमा फाइदा उपलब्ध गराउँदै आएको छ । बैंकले ल्याएको बीमा योजनाबाट हजारौंले लाभ लिएका छन् । बैंकका अनुसार हालसम्म ७०० भन्दा बढी ग्राहकहरूले बिमा फाइदा उपयोग गरिसकेका छन् । उक्त संख्यामा बीमीत निक्षेपकर्ताको नाममा दाबी पर्न आएपछि बैंकले रु.४ करोड २० लाख भन्दा बढी भुक्तानी गरीसकेको जानकारी दिएको छ । यसमध्यकी एक हुन नवलपरासीकी मीना अर्याल । उनले एक वर्षअघि दुर्घटनामा ४२ वर्षीय श्रीमान् गुमाएकी थिइन । श्रीमान् अस्पतालको जागिरे र आफू शिक्षिका भएकाले उनीहरूले एनआईसीमा खाता खोलेका थिए । श्रीमान् गुमाएपछि उनले बैंकबाट १० लाख रुपैँया बिमा फाइदाबापत रकम पाइन् । श्रीमानलाई गुमाए पनि आफू छोरा र छोरीको जीवन भने बीमाले केही हदसम्म आर्थिक सुनिश्चित गरेको  अर्याल सुनाउँछिन् । ‘दुर्घटनामा श्रीमान् गुमाएँ तर बैंकको योजनामार्फत दिएको बीमावापतको १० लाख मेरालागि करोडौँ बराबर भयो । यसले छोराछोरीलाई ढुक्कसँग पढाउन मद्दत पुगेको छ,’ उनले भनिन् । 

बैंकहरुले लोभलाग्दो स्किम ल्याउने, प्रचार गर्ने मात्र होइन, त्यसलाई कार्यान्वयन गर्नेमा विश्वास भएको बताउँछिन् । किनकि, उनले ’यी भन्ने कुरा त हुन’ भनेर सुनेकी थिइन । ‘बैंक र बिमा कम्पनीहरूले आकर्षक योजना ल्याउँछन्, तर पैसा दिन्न भन्ने सुनेकी थिए । म आफैँले भोगेपछि थाहा भयो बैंकले त्यसलाई लागू पनि गर्ने रहेछ,’ उनले अनुभव सुनाइन् । 

साँच्चै, बैंकले ल्याएको योजना ‘बुझ्नेलाई श्री खण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ भने जस्तै हो । यद्यपि यसअघिका बचत खाताहरूमा प्रदान गरेको बीमा फाइदालाई ग्राहकले अत्यन्त रुचाएको बैंकको भनाइ छ । बैंकको यस बचत खाताले ग्राहकको बचतमा उच्चतम प्रतिफल मात्रै नभएर भविष्यमा आइपर्ने भवितव्यको लागि वित्तीय जोहो गर्नसमेत महत्त्वपूर्ण योगदान गर्ने भएकाले निरन्तरता दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने बताउँछन् । यसैले ग्राहकहरूले बैंकको स्किम, छुटलाई बुझेर यथेस्ट फाइदा उपभोग गर्न उनले आम ग्राहकको ध्यानाकर्षण गराउँछन् । 

बैंकहरुले पटक–पटक बैंकिङ कारोबार गर्ने आम ग्राहकका लागि विभिन्न अफरसहित योजनाहरू ल्याउने गरेका छन्। तर यस्ता फाइदाजनक योजनाबारे जानकारी नराख्दा आम ग्राहकले स्किम, छुट जस्ता मौकाहरू नगुमाउन् समेत सिइओ न्यौपानेको अनुरोध छ । बैंकले खाता खोल्ने हरेक बचतकर्ताका लागि २४ वटा फाइदा दिने योजनाको अवधि लगायतका आकारलाई बढाएर लागू गरिसकेको छ ।

बैङ्कले २०७८ कार्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाहरूमा ग्राहकले उत्साहजनक सहभागिता जनाई योजनाहरूलाई सफल बनाइदिएकोमा बैंक कृतज्ञ छ । यसै स्वरूप अझै थप फाइदा समेत पस्केको हो । अब सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहक महानुभावहरूले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा फाइदा समेत प्राप्त गर्न सक्नेछन् । बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदाहरूलाई पाँच वर्षको अवधिसम्म उपलब्ध गराएको छ ।

बैंकले अहिले थपेका सबै फाइदाहरू यसअघि सर्वश्रेष्ठ खाता खोलिसकेका ग्राहकहरूले समेत कुनै अतिरिक्त शुल्क बिना स्वतः पाउन सक्नेछन् । बैंकले अहिले ल्याएको यस सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाइदा सम्बन्धी विस्तृत जानकारीको लागि यस बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा SB टाइप गरी ३४८८ मा एसएमएस पठाउन बैंकले अनुरोध गरेको छ ।

अनलाइन खाता खोल्नका लागि यहाँ क्लिक गर्नुहाेस् ।

Logo