फोर्ड छिट्टै भारत फर्किने, इकोस्पोर्ट नल्याउने

फोर्ड छिट्टै भारत फर्किने, इकोस्पोर्ट नल्याउने

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । अमेरिकी अटोमोबाइल निर्माता कम्पनी फोर्ड भारत फर्कने तयारी गरेको छ।

कम्पनीले आफ्ना केही पुराना गाडीहरू भने भारतमा नल्याउने भएको छ। रिपोर्टका अनुसार कम्पनीले इकोस्पोर्ट, फिगो र एस्पायरलाई भारतमा ल्याउने छैन। कम्पनीले यसअघि नै सो ह्याचब्याक, सेडान र कम्प्याक्ट एसयूभी सेगमेन्टका गाडीहरू भारतमा ल्याएको थियो। तर अहिले बजारमा आएको परिवर्तनका कारण यी पुराना मोडलहरू नल्याउने निर्णय गरिएको छ।

कम्पनीले टी-६ प्लेटफर्ममा आधारित गाडीमा मात्र ध्यान दिनेछ। यस प्लेटफर्ममा कम्पनीले फोर्ड एभरेष्ट र फोर्ड रेन्जर जस्ता गाडीहरू निर्माण गर्दै आइरहेको छ। तसर्थ, यी गाडीका साथै कम्पनीले भारतमा एसयूभी र लाइफस्टाइल पिकअप ट्रक सेगमेन्टमा अन्य आइसिई गाडी ल्याउने अपेक्षा गरिएको छ।

आइसिई गाडीको लागि टी-६ प्लेटफर्म बाहेक कम्पनीले भारतमा केही इलेक्ट्रिक र हाइब्रिड गाडीहरू पनि ल्याउन सक्ने अनुमान गरिएको छ। कम्पनीले मुस्ताङ म्याच ई र एफ–१५० जस्ता सवारीसाधन धेरै देशमा बिक्री गर्दै आएको छ। भारतीय बजारमा पनि त्यस्ता केही सवारीसाधन ल्याउन सकिने अपेक्षा गरिएको छ।

फोर्ड भारतमा सन् २०२५ को अन्तसम्म वा सन् २०२६ को सुरुवातमा केही सवारी साधन सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ।

Skip This
Logo