लुम्बिनी विकास बैँक र मेरोमाइक्रोफाइनान्सको बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ।
लुम्बिनी विकास बैँकको पुस ९ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर फागुन १ गतेदेखि जम्मा गरिदिएको छ। बैंकको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल रहेको छ।
त्यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले पनि बोनस शेयर आफ्ना शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ । कम्पनीले मंसिर २४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो।
यसका साथै कम्पनीले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई शेयर अभौतिकण गर्नसमेत अनुरोध गरेको छ। शेयर अभौतिकीकरण गरेपछि सम्बन्धित शेयरधनीको डिम्याट खातामा उक्त बोनस शेयर जम्मा हुने कम्पनीले जानकारी गराएको छ।
कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।





























प्रतिक्रिया