आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ १६ पैसा र बिक्री दर १२० रुपैयाँ ७६ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ९२ पैसा र बिक्री दर १३५ रुपैयाँ ६० पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ९६  पैसा र बिक्री दर १६२ रुपैयाँ ७८ पैसा छ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५  रुपैयाँ ४९ पैसा र बिक्री दर ८५ रुपैयाँ ९२ पैसा छ।  क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ९२ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८४ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा रहेको एक राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल  एकको खरिद दर ३१ रुपैयाँ ७६ पैसा र बिक्री दर ३१ रुपैयाँ ९२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५३ पैसा र बिक्री दर ३२ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९७ पैसा  एक पैसा र बिक्री दर १० रुपैयाँ दुई  पैसा कायम भएको छ।

Skip This
Skip This
Logo