टाटाकाे इलेक्ट्रिक कार ‘टिगोर इभी’ नेपाली बजारमा

टाटाकाे इलेक्ट्रिक कार ‘टिगोर इभी’ नेपाली बजारमा

केन्द्रबिन्दु
0
Shares

टाटा माेटर्सको बहुप्रतिक्षित इलेक्ट्रिक कार टिगोरको नेपालमा औपचारिक लन्च भएको छ। केही साताअघि नेपाल भित्रिएको यो कारलाई आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपाली सडकमा परीक्षण गरिरहेको थियो । टिगोर टाटा मोटर्सको नेपाल भित्रिने नेक्सपछिको दोस्रो इलेक्ट्रिक कार हो। लन्च भएपछि यसको औपचारिक बुकिङसमेत खुल्ला हुने कम्पनीले जनाएको छ।

हाल कारोबार भैरहेको टाटा नेक्सन इभीमा समेत उपलब्ध जिपट्रेन प्रविधिमा आधारित भई निर्माण गरिएको यो कारमा २६ किलोवाटको लिक्विड–कुल्ड ब्याट्री प्याक जडान गरिएको छ। यो कारलाई जुनकुनै मौसममा सहजै चलाउन सकिने बताइएको छ। यसमा जडान गरिएको विद्युतीय मोटरले ७४ बिएचपी र १७० एनएम टर्क जेनेरेट गर्छ।

यसमा भएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट ६५ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ। त्यसैगरी १५ एएमपी प्लगबाट समेत चार्ज गर्न सकिने हुँदा ग्राहकले आफ्नो घर वा कार्यलयमा हुने चार्जिङ पोर्टबाट सजिलै चार्ज गर्न सक्नेछन्। 

यो कारलाई एक्सई, एक्सएम र एक्सजेड प्लस भेरियन्टमा उपलब्ध गराइएको छ। जसको मूल्य सुरुवाती भेरियन्ट एक्सईलाई २९ लाख ९९ हजार, मिडियम भेरियन्ट एक्सएमलाई ३१ लाख ४९ हजार र टप भेरियन्ट एक्सजेड प्लसलाई ३२ लाख ९९ हजार तोकिएको छ।

Logo