वर्ल्ड लिङ्कको २५ वर्ष पूरा : ग्रामीण क्षेत्रमा समेत इन्टरनेट पुर्याउने कम्पनीको योजना

वर्ल्ड लिङ्कको २५ वर्ष पूरा : ग्रामीण क्षेत्रमा समेत इन्टरनेट पुर्याउने कम्पनीको योजना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्प्युनिकेसन्स लिमिटेडले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको छ । सन् १९९५ मा ईमेल सेवासँगै सुरु भएको वर्ल्ड लिङ्कको यात्राले मंगलबार २५ औं बसन्त पार गरेको हो।

अध्ययनका लागि अमेरिकामा रहेका दिलिप अग्रवालले सन् १९९५ नेपालमा रहेका आफ्ना आमाबुबासँग इन्टरनेटमा जोडिने रहर पुरा गर्न सेवाको थालनी गरेका थिए। अहिले एफटीटीएच प्रविधिसहित वर्ल्ड लिङ्कको इन्टरनेट सेवा देशका ७३ जिल्लामा विस्तार भइसकेको छ।

नेपालमा प्रयोग हुने कूल इन्टरनेट ब्याण्डविथ मध्ये ४३ प्रतिशत ब्याण्डविथ वर्ल्ड लिङ्कबाट नै खपत भइरहेको छ।कम्पनीका अध्यक्ष अग्रवालले हरेक तीन जना प्रयोगकर्तामा एकजना प्रयोगकर्ता वर्ल्ड लिङ्कको हुनु आफ्ना लागि गर्वको विषय भएको बताए । कम्पनीले ३५ सय भन्दा बढी दक्ष कर्मचारीलाई रोजगारी समेत प्रदान गरिरहेको छ।

कम्पनीले अहिले समग्र दूरसञ्चार क्षेत्रकै तेस्रो ठूलो कम्पनीको रुपमा स्थापित भइसकेको छ। वर्ल्ड लिङ्क नेपाल सरकारलाई धेरै भ्याट तिर्ने दशौं तथा सूचना प्रविधि क्षेत्रबाट आयकरमा पहिलो ठूलो कम्पनी हो।

हाल चार लाख घरायसीका साथै दश हजार कर्पोरेट तथा सरकारी ग्राहक छन्। सन् २०१४ मा सय करोड लगानी गर्ने योजनाका साथ सुरु गरिएको एफटीटीएच पूर्वाधारले कम्पनीलाई नयाँ उचाईमा पुर्यााएको हो। सन् २०१७ मा ग्रामीण दूरसञ्चार विकास परियोजना हात पारेको कम्पनीले २०१९ मा उक्त आयोजना सफलतापूर्वक सम्पन्न गरी कर्णाली जस्तो विकट क्षेत्रमा समेत आफ्नो इन्टरनेट सेवा दिँदै आएकोछ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले २०५४ सालमा अनुमतिपत्र जारी भएसँगै वर्ल्ड लिङ्कसँग प्राधिकरणको सम्बन्ध जोडिएको स्मरण गरे। ‘कर्णालीलाई विकासबाट सधैं पछाडि पारियो भन्ने आवाजलाई सम्बोधन गर्न लागि हामीले टेण्डर आह्वान गरेका थियौं,’ उनले भने, ‘त्यो परियोजना वर्ल्ड लिङ्कले प्राप्त गरेर सफलतापूर्वक जिम्मेवारी पूरा गरेको छ।

 

Skip This
Skip This
Logo