राष्ट्रिय कृषि नीतिको मस्यौदाका लागि सुझाव सङ्कलन गरिँदै

राष्ट्रिय कृषि नीतिको मस्यौदाका लागि सुझाव सङ्कलन गरिँदै

केन्द्रबिन्दु
0
Shares

कृषि तथा पशुपन्छी मन्त्रालयले विभागीय मन्त्री महिन्द्रराय यादवले पदभार ग्रहण गरेको एक सय दिनभित्र सम्पादन गरेका  कार्य सार्वजनिक गरेको छ।

साेमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले राष्ट्रिय कृषि नीतिको मस्यौदा तयार गरि प्रदेश र स्थानीय तहसँग राय सुझावका लागि पठाइएको, पशु कल्याण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति गरेको उल्लेख गर्दै कृषि व्यवसाय प्रवर्द्धन विधेयक मस्यौदा तयार गरि प्रदेश सरकारको सम्बन्धित मन्त्रालयमा सुझाव सङ्कलनका लागि पठाएको बताए।

मन्त्रालयका सचिवद्वय गोविन्दप्रसाद शर्मा र निरु दाहालका साथै प्रवक्ता प्रकाशकुमार सञ्जेलले नीतिगत तथा कानुनी व्यवस्था, विभिन्न बाली/वस्तुको मूल्य निर्धारण, वर्षाबाट प्रभावित कृषकलाई राहत, रासायनिक मल बिक्री वितरण, गुणस्तर नियमन, प्रविधि सम्प्रेषण, नस्ल सुधार, खोप उत्पादन तथा व्यवस्थापन, पशुपन्छी मत्स्य तथा बाली बीमा, पशुजन्य पदार्थ र पशु उत्पादन सामग्रीको निर्यात प्रवर्द्धनका क्षेत्रमा सम्पन्न भएका तथा हुन लागेका कार्यक्रमको जानकारी गराए।

रासायनिक मल उत्पादन कारखाना स्थापना गर्न ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायत सरोकार पक्षसँग छलफल गरि लगानी बोर्डसँग समन्वय गरेको छ। 

समारोहमा रासायनिक मल नियन्त्रण आदेश, २०५५ लाई अनुसूचीमा समावेश गरि पैठारी अनुमति प्रदान गर्ने प्रक्रियामा रहेको जानकारी दिइयो। स्वदेशी कच्चापदार्थमा आधारित कृषिजन्य उद्योगलाई सहुलियत कर्जा प्रवाहसम्बन्धी कार्यविधि मस्यौदा गरि सहमतिका लागि अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ ।

Logo