काठमाडौं ।
सरकारले राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको नोट छाप्न अनुमति दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त नोटमा नेपालको नक्सा राख्नु पर्ने बताए। पहिले पनि एक र दुई रुपैयाँका नोटहरू चल्तीमा भए पनि पछि सिक्का मात्र प्रचलनमा छन् ।
सरकारले चैत्र ११ गतेदेखि नै भदौ ३१ गतेसम्म अन्तराष्ट्रिय सीमा बन्द गरेको थियो। कोरोना भाइरस (कोभिड १९)को जोखिम कायमै रहेकाले असोज ३० गतेसम्म सिमा नाका बन्द गर्ने निर्णय गरेको छ। तर समस्यामा परेका नेपालीलाई निश्चित बिन्दुबाट प्रवेश गर्न सरकारले विशेष आदेश जारी गरेको छ। भारतसँग सीमा जोडिएका १० प्रमुख नाकाबाट प्रवेश दिइरहेकोमा थप दुई नाकाबाट नेपालीहरु आउन पाउने भएका छन्।
इलामको पशुपतिनगर र दार्चुलाको खलंगा पुलघाट नाकाबाट नेपाली आउन पाउने निर्णय गरिएको मन्त्री ज्ञवालीले बताए। चीनको रसुवागढीबाट पनि नेपाली आउन पाउने सरकारले निर्णय गरेको छ। विकास आयोजनामा आवश्यक पर्ने विदेशी जनशक्ति ल्याउन अनुमति खुला गरिएको छ। ७२ घण्टाको पिसीआर रिपोर्ट ल्याउनु पर्ने र आयोजनाले व्यवस्था गरेको आवासमा बस्नु पर्नेछ।
आउँदो असोज १ गतेदेखि लामो दुरीका सवारी साधन र आन्तरिक उडान सुरु हुने भएका छन्। ज्ञवालीले स्वास्थ्य मापदण्ड अपनाएर असोज १ गतेदेखि नै लामो दुरीका सवारी साधन र आन्तरिक उडान गर्ने निर्णय गरिएको बताए। प्रवक्ता ज्ञवालीले ५० प्रतिशत बढी भाडा लिनेगरी लामो दूरीका सवारी साधन असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए।अन्नपूर्णबाट





























प्रतिक्रिया