प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा चैत ६ गते

प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा चैत ६ गते

केन्द्रबिन्दु
0
Shares

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौँथो वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले फागुन ९ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार सभा चैत ६ गते बोलाएको हो। 

सभा काठमाडौंको रेडिसन होटलमा बिहान ११ बजे हुनेछ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गर्नेछ। यसका साथै लेखापरिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ को वासलास, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्विकृत गर्नेछ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ। यस आधारमा फागुन २२ गतेसम्मका कायम शेयरधनीहरुले सभामा भाग लिन पाउनेछन्।

Skip This
Skip This
Logo