गल्फ लुब्रिकेन्टको नेपालगन्ज र दाङ्गमा उच्चस्तरिय शोरुम संचालन

गल्फ लुब्रिकेन्टको नेपालगन्ज र दाङ्गमा उच्चस्तरिय शोरुम संचालन

केन्द्रबिन्दु
0
Shares

नेपालमा ३८ वर्षको गौरबमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सर्वाधिक विक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेड हो। 

नेपाल ल्युब आयल लिमिटेडले नेपालगन्जमा आफ्नो आधिकारक बिक्रेता रवि ट्रेडर्स र दाङ्गमा आफ्नो आधिकारक बिक्रेता मध्यपश्चिम सप्लायर्सको नयाँ शोरुम उद्घाटन गरेको छ। ग्राहकलाई उच्च सेवा प्रदान गर्न यी नयाँ शोरुमहरु संचालनमा आएको हो ।

ती शोरुमहरुको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष अरुण चौधरीले गरेका हुन् । समारोहमा बोल्दै अरुण चौधरी भने,“गल्फ ब्रान्ड अन्तर्रास्ट्रिय ब्रान्ड हो, जुन उच्च क्वालिटीका लागि प्रख्यात छ, नेपाली बजारमा गल्फ सर्वाधिक बिक्री हुने लुब्रिकेन्ट ब्रान्ड हो ।

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराईले भने, 'यी नयाँ उच्चस्तरिय शोरुमहरुबाट हामीले सबै गल्फ ब्रान्डको उत्पादकहरु ग्राहकमाझ उपलब्ध गराउने छौं र ग्राहकले पनि उच्चस्तरिय लुब्रिकेन्ट प्रयोग गर्न पाउने छन्।'

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ।

Logo