एनएमबि बैंकले जावलाखेल स्थित सोवा हेल्थकेयर सेन्टरमा उपचारका लागि आएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ।
उक्त समझदारी अनुशार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा परिवारमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराइएको छ । उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षणहरु र शल्यक्रियामा विशेष छुट उपलब्ध गराउनेछ ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक ऋचा श्रेष्ठले हस्ताक्षर गरे ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।
एनएमबि बैंकले हाल देशभरि २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।





























प्रतिक्रिया