नेप्सेमा झिनो अंकको गिरावट, २ अर्ब ४९ करोडको कारोबार

नेप्सेमा झिनो अंकको गिरावट, २ अर्ब ४९ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको पहिलो दिन (आइतबार) शेयर बजारमा झिनो अंकको गिरावट आएको छ। गत हप्ता बुधबार ६३ दशमलव ९८ अंकले घटेको बजार आज कारोबार खुल्दा केही बढे पनि अन्तिममा ३ दशमलव ६६ अंकले घटेर २ हजार ५४३ बिन्दुमा झरेको हो।

आइतबार २३० वटा धितोपत्रको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। 

आइतबार १३ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ। त्यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य ७ दशमलव ८० प्रतिशतले बढेको छ। 

कारोबार रकमको आधारमा शिवम् सिमेन्टको १५ करोड २२ लाख ८२ हजार  रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो।

Logo