मलेसियन कम्पनी प्रोटोनको एक्स-५० कम्प्याक्ट एसयूभी नेपाली सडकमा

मलेसियन कम्पनी प्रोटोनको एक्स-५० कम्प्याक्ट एसयूभी नेपाली सडकमा


मलेसियन कार निर्माता कम्पनी प्रोटोनको कम्प्याक्ट एसयूभी एक्स-५० काठमाडौंको सडकमा गुड्न थालेकाे छ। प्रोटोनको यो स्टाइलिस एसयूभीले नेपाली प्रिमियम कम्प्याक्ट सेगमेन्टको बजारमा एउटा नयाँ पहिचान कायम गर्ने विश्वास गरिएको छ।

नेपालमा जगदम्बा मोटर्सले प्रोटोनका गाडीहरु बिक्री–वितरण गरिरहेको छ। जगदम्बा मोटर्सले औपचारिकरुपमा यो गाडी भित्र्याएको जानकारी भने सार्वजनिक गरेको छैन। 

यसमा १.५ लिटर टर्बोचार्ज्ड थ्री–सिलिन्डर र शीर्ष फ्ल्यागशिप भेरिएन्टमा टीजीडीआई (डायरेक्ट इन्जेक्सन) टर्बोचार्ज्ड थ्री–सिलिन्डर पेट्रोल हुनेछ। टीजीडीआई इन्जिनले १३० पीएस पावर र २५५ एनएम टर्कको संख्या बढाएर १५० पीएस अधिकतम पावर र २२६ एनएम टर्क उत्पादन गर्ने बताइएको छ।

प्रोटोन एक्स-५० मा उन्नत चालक सहायता प्रणाली (एडीएएस) सहित सुविधाहरूको लामो सूची छ, जुन केही प्रिमियम निर्माताहरूमा मात्र देखिन्छ। प्रोटोन एक्स-५० एसयूभी निर्माताको वेबसाइट अनुसार, यसमा एयरब्याग, ईबीए र बीएसँगै एबीएस, अटो हेडलाइट र वाइपरहरू, किलेस इन्ट्री (अगाडि ढोका ह्यान्डलहरूमा सक्रिय टच सेन्सरहरू सहित), पुश–स्टार्ट, ३६० डिग्री क्यामेरा, ८ स्पिकर, ८ इन्च इन्फोटेनमेन्ट स्क्रिन, स्वायत्त आपतकालीन ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर सिस्टमसहितको क्लाइमेट कन्ट्रोल, विद्युतीय रूपमा फोल्ड गर्न मिल्ने सिटहरू जस्ता उत्कृष्ट–इन–क्लास सुविधाहरू समावेश छन्।

प्रोटोन एक्स-५० पनि उपयोगी अटो पार्क सुविधाको साथ आउँछ। यो एक सेल्फ–पार्किङ प्रणाली हो, जसले ड्राइभरलाई पार्किङस्थलहरूमा सहज बनाउन मद्दत गर्छ। एक्स-५० ले एसियन एनक्यापबाट पूर्णरुपमा फाइभ स्टार सेफ्टी रेटिङसमेत प्राप्त गरेको छ।

जगदम्बा मोटर्सले नेपालमा सन् २०२० देखि इन्ट्री लेवलको सेडान प्रोटोन सागा र प्रिमियम एसयूभी प्रोटोन एक्स ७० समेत बिक्री गरिरहेको छ। बिक्री र बिक्री पतिको सेवा समेत उत्कृष्ट तरिकाले उपलब्ध गराएको दाबी गर्ने जगदम्बा मोटर्सले अब बजारमा उपलब्ध गराउने एक्स-५० ले समेत नेपाली बजारमा राम्रो उपस्थिति जनाउने विश्वास गरेको बताएको छ।

Logo